विश्वविध्यालयको हाकिम बन्ने जाँचमा सबै फेल

विश्वविध्यालयको हाकिम बन्ने जाँचमा सबै फेल

त्रिभुवन विश्वविद्यालयको अधिकृत तहका कर्मचारीको लिखित परीक्षामा कसैले पनि न्यूनतम अंक ल्याउन नसकेपछि सबै परीक्षार्थी ‘फेल’ भएका छन् । त्रिवि सेवा आयोगले कर्मचारी पदपूर्तिका लागि लिएको खुल्ला लिखित परीक्षाको नतिजामा उक्त अवस्था देखिएको हो ।

हिजो प्रकाशित नतिजाअनुसार उपप्रशासक चार र शाखा अधिकृत ४० जनाको निम्ति मागिएको परीक्षामा सहभागी कुनै पनि परीक्षार्थीले न्यूनतम अंक पनि ल्याउन सकेनन् । उपप्रशासकमा १२ र शाखा अधिकृतमा ५४२ जना परीक्षार्थी सहभागी थिए ।

विद्यार्थीलाई उच्चशिक्षा प्रदान गर्ने स्थानमा मागिएको अधिकृत पदमा आवेदन गरेकाहरु नै परीक्षामा उत्तिर्ण हुन नसकेपछि मुलुकको शैक्षिक अवस्था, जनशक्ति र विश्वविद्यालय प्रशासनमा सहभागी हुन चाहने कर्मचारीहरुको बारेमा प्रश्नचिन्ह उठेको हो ।
ज्ञान सिकाउने र बाँड्ने विद्यालय, विश्वविद्यालयका शिक्षक तथा त्यहाँबाट उत्तिर्ण भएकाहरु जागिरको लागि दिइएको परीक्षामा उत्तिर्ण हुन नसकेपछि विश्वविद्यालय र विद्यार्थीको भविश्यलाई लिएर चर्चा हुनु अस्वाभाविक होइन ।

आयोगले मुख्य कार्यालय सहायकमा ४२ जना मागेको थियो । त्यसमा ७७७ जनाले परीक्षा दिए पनि सबै अनुत्तिर्ण भएका छन् । कार्यालय सहायकको लागि २८, महिला ८,आदिवासी जनजाति ६, मधेसी ५, दलित २,अपांग १ र पिछडिएको क्षेत्र ५१ जनाका लागि लिइएको लिखित परीक्षामा ६७२ जना सहभागी भएका थिए । त्यसमध्ये ७८ जना अन्तरवार्ताको निम्ति छनौट भए ।

टिप्पणीहरू