एन्फा अध्यक्षलाई फिफा अध्यक्षको शुभकामना

एन्फा अध्यक्षलाई फिफा अध्यक्षको शुभकामना

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ (फिफा) अध्यक्षले बधाई तथा शुभकामना दिएका छन् । अध्यक्ष जियानी इन्फान्टिनोले नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङलाई शुभकामनापत्र पठाएका हुन् ।

निर्वाचित भएको एक सातापछि नेम्वाङलाई उक्त पत्र प्राप्त भएको हो । पत्रमा जियानीले विजयी सम्पूर्ण टिमलाई शुभकामना दिँदै भनेका छन्, ‘नेम्वाङको ज्ञान, नेतृत्व र अनुभवले फुटबलको विकासमा टेवा पुर्याउने विश्वास लिएको छु ।’

टिप्पणीहरू