११ बजे शीतल निवासमा विशेष समारोह

११ बजे शीतल निवासमा विशेष समारोह

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजे विशेष समारोहको प्रबन्ध गरिएको छ ।

आजको कार्यक्रममा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको सपथ गराउन लागिएको हो । हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिमण्डल पुनगर्ठन गर्नुभएको थियो ।

आज सपथग्रहण गर्नेमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ,सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानी खापुङ र श्रममन्त्री शेरबहादुर कुँवर हुनुहुन्छ । त्यसैगरी हिराचन्द्र केसीले स्वास्थ्य राज्यमन्त्रीको सपथ ग्रहण गर्न लाग्नुभएको हो ।

टिप्पणीहरू