आफ्नै कार्यक्रम कार्यकर्ताले बहिष्कार गरेपछि काँग्रेस उपसभापतिको उपदेश

आफ्नै कार्यक्रम कार्यकर्ताले बहिष्कार गरेपछि काँग्रेस उपसभापतिको उपदेश

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीको एमालेभन्दा एक लाख ५० हजार भोट बढी आएको दाबी गरेका छन् । पार्टी कार्यकर्तालाई आज सुर्खेतमा प्रशिक्षण दिँदै उनले एमालेको भन्दा एक लाख ५० हजारबढी मत काँग्रेसले ल्याएको दाबी गरेका हुन् ।

उपसभापति खड्काले पार्टीभित्रका केही साथीहरुको कुण्ठाका कारणले केही ठाउँमा हार व्यहोर्नु परेको स्वीकार गर्दै भने, ‘हामी चार सयभन्दा बढी स्थानीय तहमा जित्ने थियौँ तर, केही साथीको कुण्ठाको कारणले हलो र सूर्यमा मत दिएर हराइयो । उहाँहरूले पार्टीको निर्णय कार्यान्वयन गर्नुभएन ।’

पार्टीले स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत पाएकाले इमान्दार भएर लाग्नु पर्नेमा उपसभापतिले जोड दिएका छन् । पार्टीका कुनै पनि कार्यकर्तालाई, पार्टी र नेतृत्वप्रति विमति भएमा पार्टीमा बसेर छलफल गर्ने बानी बसाल्न निर्देशन पनि दिइएको छ ।

काँग्रेसीले अरूको गल्ती मात्र देख्ने भन्दै सभापति वा उपसभापतिसँग कोही कसैको विवाद भएको निहुँमा पार्टीमा दशकौंको लगानी गरेका साथीहरूले अरूलाई मतदान गर्न नहुने उनको तर्क छ । तर, उपसभापति खड्काको आजको कार्यक्रम संस्थापन पक्षका बाहेक अरूले बहिष्कार गरेका थिए ।

टिप्पणीहरू