निर्णय अलि अपरिपक्व भए पनि भोलि नयाँ मन्त्रीको शपथ हुन्छ : मुख्यमन्त्री पाण्डे

निर्णय अलि अपरिपक्व भए पनि भोलि नयाँ मन्त्रीको शपथ हुन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भोलिसम्म नयाँ मन्त्रीले शपथ लिने दाबी गर्नुभएको छ । पार्टीको पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री हेरफेरको निर्णयले पार्टीमा केही विवाद देखिए पनि भोलिसम्म नयाँ मन्त्रीले सपथ लिने र पुराना मन्त्री फिर्ता हुने उहाँको भनाइ छ । ‘पहिले सरकारमा सामेल हुँदा म आफैं बसेको बैठकले पत्र पठाएर उहाँहरू मन्त्री हुनु भएको हो,’ उहाँले भन्नुभयो, ‘अब त्यस्तै पत्र पठाएर उहाँहरू फिर्ता हुनुहुन्छ र भोलिसम्म नयाँ मन्त्रीको सपथ हुन्छ ।‘

आर्थिक बजेटमाथि संसदमा छलफल भइरहेको र मन्त्रीहरूले जवाफ दिने बेला मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय अलि अपरिपक्व रहेको पनि उहाँले स्वीकार गर्नुभएको छ । तर, अहिले सबै मन्त्रीहरूले आफ्नो मन्त्रालयबारे जवाफ दिइसकेकाले मन्त्री हेरफेर हुने कुरा अनौठो नहुने उहाँको भनाइ छ ।

टिप्पणीहरू