नेपालको फाइनल पुग्ने सम्भावना बलियो, युएई दवाबमा

नेपालको फाइनल पुग्ने सम्भावना बलियो, युएई दवाबमा

एसीसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत नेपालले यूएईविरुद्धको सेमिफाइनल खेल खेलिरहेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ यद्यपि वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु भएको हो ।

प्रतियोगिताका विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् । मलेसियाको राजधानी क्वालालम्पुरमा जारी खेलमा नेपाल फाइनलमा पुग्न यो खेल जित्ने पर्ने हुन्छ । नेपाली क्रिकेट टोलीको कप्तानी रुविना क्षेत्रीले गरिरहेकी छन् ।

१६ ओभरको खेल चलिरहँदा युएईले ६ विकेट गुमाएर ६० रन जोडेको छ । युएई निकै दवाबमा देखिन्छ । नेपाल समूह ’बी’ मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

युएईलाई यो प्रतियोगिताको बलियो टोली मानिएको छ । उ आफ्नो प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । समूह ‘ए’ मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँग सेमिफाइनलमा भेट पक्का गरेको थियो ।

अघिल्ला खेलमा नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराएको थियो भने हङकङसँग पराजित भएको हो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्दैछन् । च्याम्पियनसिपको फाइनल भोलि हुनेछ ।

टिप्पणीहरू