“केही घण्टाभित्र मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुन्छ”

“केही घण्टाभित्र मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुन्छ”

नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्रीहरू हेरफेरको निर्णय अब केही घण्टाभित्र कार्यान्वयन हुने बताउनु भएको छ । मंगलबार सचिवालयको बैठकपछि सन्चारकर्मीहरुसङ्ग कुरा गर्दै प्रचार विभाग प्रमुख खतिवडाले सचिवालय र स्थायी कमिटीको निर्णय बिनाशर्त लागू हुने बताउनु भयो ।

खतिवडाले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि कुनै शर्त राख्न नपाउने भन्दै स्थायी कमिटी बैठकको निर्णय नै अन्तिम शर्त हुने बताउनु भयो । उहाँले भन्नुभयो , ‘पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र शर्त हो, अरु व्यक्तिगत शर्तको अर्थ समेत हुन्न”

टिप्पणीहरू