बागबजारको पानीमा हैजाको जीवाणु, उमालेर खान सल्लाह

बागबजारको पानीमा हैजाको जीवाणु, उमालेर खान सल्लाह

काठमाडौँको घना आवादी भएको बागबजार क्षेत्रको पानीमा हैजा फैलाउने जीवाणु फेला परेको छ । हिजो बागबजारका धारा र ट्युबवेलको पानीमा त्यस्तो जीवाणु फेला परेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो क्षेत्रमा उक्त अवस्था देखिएपछि आज सामाजिक सञ्जालमार्फत बर्खायाममा पानी प्रदुषित हुने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन आग्रह गरेको छ ।

‘हिजो बागबजारको धारा र ट्युबवेलको पानीमा हैजा फैलाउने जीवाणु भेटियो । बर्खाको समयमा पानी प्रदुषित हुने जोखिम धेरै हुन्छ । पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौं,’ प्राधिकरणले भनेको छ ।

टिप्पणीहरू