नागरिकता विधेयक फास्ट ट्रयाकमा पारित गरौं : लालबाबु पण्डित

नागरिकता विधेयक फास्ट ट्रयाकमा पारित गरौं : लालबाबु पण्डित

एमाले सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्नुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै सांसद पण्डितले दुई लाख ५० हजारभन्दा बढी युवा नागरिकतासहित पहिचानको खोजीमा रहेको उल्लेख गरे ।

पण्डितले नागरिकता विधेयक पारित गरेर नागरिकता वितरणको व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेका छन् । तर पण्डितको पार्टी एमालेले भने नागरिकतालाई विपक्षीसमेतको सहमतिमा पारित गर्नुपर्ने अमूर्त माग तेर्साएको छ ।

त्यस्तै, संघीय निजामती विधेयक सरकारले फिर्ता गर्नुपर्ने सांसद पण्डितको जिकीर थियो । संघीय निजामती विधेयक फिर्ता गरेर सरकार संघीयताको मर्म र सोबमोजिमको प्रशासनलाई तहसनहस बनाउने काममा लागेको उनको आरोप छ ।

टिप्पणीहरू