ग्रिनल्याण्ड प्लाजाका सञ्चालक लागुऔषध कारोबारी

ग्रिनल्याण्ड प्लाजाका सञ्चालक लागुऔषध कारोबारी

लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ग्रिनल्याण्ड प्लाजाका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । कैलालीका १९ वर्षीय दिपेन्द्रबहादुर मल्ल र प्लाजा सञ्चालक २९ वर्षीय चक्रसिंह पार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धनगढी उपमहानगरपालिका २, मिलन चोकमा पार्कीले सञ्चालन गरेको ग्रिनल्याण्ड प्लाजामा लागुऔषध र ब्राउनसुगरको कारोबार हुने गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको हो ।

दुवै जनाको साथबाट नौ ग्राम तीन सय मिलिग्राम खैरो हिरोइन र नेपाली रुपैयाँ ४६ हजार चार सय ५० र भारतीय रुपैया चार हजार बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू