गिरिजापुत्री प्रधानसेनापतिको पक्षमा

गिरिजापुत्री प्रधानसेनापतिको पक्षमा

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले एसपीपी ठीक वा बेठीक नभने पनि सेनापतिलाई संसदीय समितिको बैठकमा बोलाउने कार्यको विरोध गरेकी छन् । हिजो बिहान संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एसपीपीबारे सेनाले लेखेको पत्र सम्बन्धमा नेपाल आर्मीको धारणा राख्न बोलाउनु नराम्रो कार्य भएको सांसद कोइरालाको ठहर छ ।

सांसदहरुको बैठकमा सेनापतिलाई राखेर सोधनी गर्दा उनलाई कारवाही गरेजस्तो देखिएको समिति सदस्य सुजाताको बुझाई छ । उनले भनेकी छन्, ‘अन्तर्राष्ट्रिय प्राक्टिसअनुसार पनि यो राम्रो भएन । सेनापतिलाई सबैको अगाडि राखेर प्रश्न गर्दा कारवाही गरेको सन्देश जान्छ,’ भन्दै समितिमा प्रश्न उठाएकी थिइन् ।

समिति बैठकले एसपीपी इण्डो–प्यासिफिक रणनीतिको एक हिस्साको रुपमा रहेको तथ्य अमेरिकी सरकारद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख भएको ठहर गरेको छ । त्यसैले आगामी दिनमा त्यस्ता सम्झौतामा नेपाल संलग्न नहुने कुराको स्पष्ट रुपमा लिखित जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

टिप्पणीहरू