मनोज पाण्डेविरुद्ध दुई वटा कसूरमा मुद्दा दर्ता

मनोज पाण्डेविरुद्ध दुई वटा कसूरमा मुद्दा दर्ता

केही वर्षअघिको बलात्कारको घटनामा हालसालै पक्राउ परेका ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । आज सरकारी वकिल कार्यालयले पाण्डेविरूद्ध काठमाडौँ जिल्ला अदातलमा मुद्दा दायर गरेको हो ।

उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ । मुद्दामा मानव बेचबिखन तथा ओसारपसार कसूरमा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले बताए ।

आठ वर्षअघि एक सुन्दरी प्रतियोगितामा भाग लिएकी तत्कालीन १६ वर्षे किशोरीले बलात्कारको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । त्यसपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो ।

टिप्पणीहरू