सैनिक आवासीय महाविद्यालयमा पनि छात्रामाथि दुर्व्यवहार

सैनिक आवासीय महाविद्यालयमा पनि छात्रामाथि दुर्व्यवहार

नेपाली सेनाको सैनिक आवासीय महाविद्यालयमा पनि छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेका छन् । भक्तपुरको सल्लाघारीस्थित आवासीय महाविद्यालयमा नृत्य शिक्षकले छात्रामाथि त्यस्तो हर्कत गरेका हुन् ।

डान्स टिचर राजेश कमल क्षेत्रीले नृत्य सिकाउने नाम र बहानामा अधिकांश छात्रालाई दुर्व्यहार गर्ने गरेको आरोप लागेको हो । छात्राहरुले चर्को विरोध गरेपछि विद्यालय प्रशासनले क्षेत्रीलाई निलम्बन गरेको जनाइएको छ ।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले भने क्षेत्रीले हिजोको मितिदेखि राजीनामा दिएको र विद्यालय प्रशासनले आज राजीनामा स्वीकृत गरेको जनाएको छ । जनआस्थासँगको कुराकानीमा निर्देशनालय स्रोतले भन्यो, ‘घरायसी कारण दर्शाउँदै उहाँले राजीनामा दिनुभएको रहेछ । आज विद्यालय प्रशासनले स्वीकृत गरेको हो ।’

टिप्पणीहरू