अमेरिकामा गर्मीसंगै आँधी, हजारौँ मान्छे अन्धकारमा

अमेरिकामा गर्मीसंगै आँधी, हजारौँ मान्छे अन्धकारमा

अमेरिकामा अत्यधिक गर्मी बढेसंगै सर्वसाधारणलाई स्वास्थ्य चेतावनी जारी गरिएको छ । सरकारले १० करोड अमेरिकीहरूलाई घरभित्रै बस्न आग्रह पनि गरेको छ ।

केही साताअघि पश्चिमी क्षेत्रमा बढेको गर्मि अहिले पूर्वी क्षेत्रमा पुगेको छ । फिनिक्स, लस भेगास र डेनभरलगायतका सहरमा तापक्रमले यसअघिका रेकर्ड तोडेको छ ।

बुधबारसम्म देशको पूर्वी दुई तिहाइ भूभागमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ । तापक्रम सामान्यभन्दा १० देखि ३० डिग्रीसम्म बढ्ने पूर्वानुमान गरिएको शिकागोको राष्ट्रिय मौसम सेवाले भनेको छ ।

बाहिरको तीव्र गतिविधि र सूर्यको जोखिमलाई सीमित गर्न भनिएको छ । यसैबीच, ६० माइल प्रतिघण्टाको तीव्र आँधीका कारण सोमबार राति सिकागोका हजारौं बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

टिप्पणीहरू