केशव बडालले एमालेमा अनुशासन सिकाउने

केशव बडालले एमालेमा अनुशासन सिकाउने

नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगकोले पार्टीभित्र अनुशासनसँग सम्बन्धित विषयमा सातै प्रदेशमा प्रशिक्षण चलाउने निर्णय गरेको छ । केशव बडाल अध्यक्ष रहेको आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीभित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने उद्देश्यका साथ आगामी साउन महिनाको दोस्रो सातादेखि अन्तिम सातासम्म प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय आजको बैठकले गरेको छ ।

एमालेमा स्थानीय निर्वाचनको परिणामपछि पार्टी अनुशासनको विषय चर्को रुपमा उठिरहेको छ । आफ्नै उम्मेदवारलाई हराउन पार्टीका विभिन्न तहका नेताहरुले अन्तर्घात गरेको अध्यक्ष केपी शर्मा ओलीको भनाइ पटक पटक सार्वजनिक भएपछि अनुशासनको कुरो उठ्न थालेको हो ।

त्यसपछि बडाल नेतृत्वको आयोगले अन्तर्घात गर्नेहरुको रिपोर्ट संकलन गरिरहेको छ । स्थायी कमिटी सदस्य घनश्याम भुसाल कारवाहीको सिफारिसमा परेका छन् । पार्टी अनुशासनको विषय आउँदा आयोगका प्रमुख केशव बडालको कार्यशैलीलाई लिएर एमालेवृत्तमा आलोचना पनि हुने गरेको छ ।

उनले अनुशासन आयोगको मर्यादा कायम गर्न नसकेको भन्नेहरु एमालेमा धेरै छन् । आफूलाई अध्यक्ष ओलीको ‘एस म्यान’ को भूमिकामा सीमित गरेर बडालले आयोगको प्रतिष्ठा कमजोर पारेको भन्दै उनको विरोध हुने गरेको छ ।

विभिन्न सञ्चारमाध्यममा बडालले दिएका अन्तर्वार्तामा उहाँका उग्र प्रस्तुतिलाई लिएर आमरुपमा समेत आलोचना हुने गरेको छ ।

टिप्पणीहरू