राजधानीमा २४ घण्टामा २२ सय चालकमाथि कारवाही

राजधानीमा २४ घण्टामा २२ सय चालकमाथि कारवाही

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेका २२ सयभन्दा बढी चालकलाई कारवाही गरिएको छ । उपत्यकाका विभिन्न स्थानमा हिजो उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने एक सय ६५ जना, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एक सय ३३ जना, तीब्र गतिमा सवारी साधन चलाउने ६० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने एक सय नौ जना, लेन उल्लंघन गर्ने ५३ जना सवारी चालक छन् ।

यस्तै, ढोका खुल्ला राखेर सवारी साधन चलाउने ७६, ट्राफिक लाइट उल्लंघन गर्ने ४७, अवस्था ठीक नभएका सवारी साधन चलाउने ३४ र क्षमताभन्दा बढी यात्रु राख्ने २४ जना चालकलाई पनि कारवाही गरिएको छ ।

टिप्पणीहरू