जिल्ला सरकार बनाउन काँग्रेस र एमालेले गोला ताने

जिल्ला सरकार बनाउन काँग्रेस र एमालेले गोला ताने

स्याङ्जाको जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखमा काँग्रेस र एमालेले गोलाप्रथाबाट उम्मेदवारी तय गरेका छन् । सहमतिमा गोला तान्दा जिसस प्रमुखमा नेपाली काँग्रेसले र उपप्रमुखमा एमालेले उम्मेदवारी दिने भएका छन् ।

११ स्थानीय पालिका रहेको स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमालेका बराबर अर्थात ११/११ मतदाता छन् । दुबै पार्टीले गोलाबाट नेतृत्व भागबण्डा गर्ने सहमति गरेका हुन् । सहमतिबमोजिम प्रमुखसहित चार सदस्य नेपाली काँग्रेसलाई र उपप्रमुखसहित पाँच सदस्य नेकपा एमालेको भागमा परेको छ ।

हिजोको गोलाप्रथापछि नेपाली काँग्रेसले जिसस प्रमुखमा श्रीप्रसाद जिटी र सदस्यहरूमा नेमबहादुर राना, सरस्वती बगाले,गीता खाँणलाई अघि सारेको छ । एमालेले उपप्रमुखमा खडकराज सुवेदी र सदस्यहरूमा निरमाया पराजुली कार्की, भोजबहादुर दर्लामी, कृष्णप्रसाद सुवेदी र निर्मला नेपाली उम्मेदवार भएको बताएको छ ।

आज काँग्रेस र एमालेले आ–आफ्नो भागमा परेको प्रमुख,उपप्रमुख तथा सदस्यहरूको उम्मेदवारी दर्ता गराएको छ । जिससमा अध्यक्ष, उपाध्यक्ष,तीन महिला सदस्य,एक दलित वा अल्पसङ्ख्यक,तीन अन्य सदस्य गरी कूल नौ जना रहने व्यवस्था रहेको छ । यसअघि स्याङ्जाको जिससमा सबै एमालेका जनप्रतिनिधि थिए ।

टिप्पणीहरू