आज पनि बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त समातिए

आज पनि बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त समातिए

बैंकिङ कसूर मुद्दाका एक फरार अभियुक्त आज उनकै घरबाट पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ घर भई हाल महाराजगञ्ज बस्ने ५६ वर्षीय अनिल मोक्तानलाई प्रहरीले पक्रेको हो ।

उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै उनलाई ७ दिन कैद र ११ लाख पचास हजार रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसपछि फरार उनलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।

मोक्तानले आफ्नो खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै विभिन्न व्यक्तिलाई झुक्याएर चेक भिडाएको उजुरीका आधारमा प्रहरीले समातेको हो ।

टिप्पणीहरू