भरुवा बन्दुक ठाउँ-ठाउँमा फेला

भरुवा बन्दुक ठाउँ-ठाउँमा फेला

अवैध हतियार राख्ने ओखलढुंगाका एकजना घरबाटै समातिएका छन् ।

सिद्दिचरण नगरपालिका–६ जन्तरखानी माथिल्लो मैदाने का ३५ वर्षीय कामे शेर्पालाई एक थान भरुवा बन्दुकसहित हिजो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको टोलीले शेर्पाको घर खानतलासी गर्दा उक्त बन्दुक भेटिएको थियो ।

त्यस्तै, जाजरकोटमा पनि प्रहरीले अबैध हतियार बरामद गरेको छ । छेडागाड नगरपालिका–५ चंखेलामा लुकाई राखेको एक नाल भरुवा बन्दुक आज बिहान बरामद भएको हो । इलाका प्रहरी कार्यालय वडाबनबाट गस्ती गईरहेको प्रहरीले झाडीमा लुकाईराखेको अवस्थामा फेला पारेको बताइएको छ ।

टिप्पणीहरू