आफूले ४४ प्रतिशत स्थानीय तह जितेको काँग्रेसको रिपोर्ट

आफूले ४४ प्रतिशत स्थानीय तह जितेको काँग्रेसको रिपोर्ट

नेपाली काँग्रेसले आप्नो पार्टीका उम्मेदवार मुलुकको ४४ प्रतिशत स्थानीय तहमा विजयी भएको बताएको छ । काँग्रेसको ‘स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति’ ले ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

समिति मातहतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले प्रतिवेदन सार्वजनिक गर्दै ४४ प्रतिशत कार्यकारी पद जितेको दाबी गरेका हुन् ।

‘कुल ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा विजयी (१८८ अध्यक्ष र र १४१ प्रमुख) भएको छ, जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन आउँछ,’ प्रतिवेदनमा भनिएको छ, ‘कुल ७५२ स्थानमध्ये उपप्रमुख पदमा ३०० स्थानमा विजय (१९० उपाध्यक्ष र ११० उपप्रमुख), जुन कुल स्थानको ४४ प्रतिशत हुन आउँछ ।’

कार्यकारी पदको १५ सय चारमध्ये ६२९ स्थानमा नेपाली काँग्रेस रहेको र जसको ४२ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ । २०७४ को निर्वाचनमा २६६ पालिकाको प्रमुख जितेर दोस्रो स्थानमा रहेको काँग्रेस यसपटक ३२९ स्थानमा नेतृत्व लिएर पहिलो पार्टी बनेको छ ।

टिप्पणीहरू