विप्लवका नेता आज बिहान एक घण्टा गृहमन्त्रालयमा

विप्लवका नेता आज बिहान एक घण्टा गृहमन्त्रालयमा

नेकपा विप्लवका प्रवक्ता आज पनि सिंहदरबार छिर्नुभएको छ । प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड) गृहमन्त्री बालकृष्ण खाँणसँग भेटघाट गर्न सिंहदरबार जानुभएको हो ।

उहाँहरुबीच बिहान सवा ८ बजेदेखि झण्डै एक घण्टा भेटवार्ता भएको हो । विप्लव समूहले यसअघि केपी शर्मा ओली सरकारसँग गरेको सम्झौता अक्षरशः कार्यान्वयनको माग गर्दै आएको छ ।

आफ्ना नेता तथा कार्यकर्तालाई अझै पनि जेलमुक्त नगरिएकोमा विप्लवका नेताहरु सरकारसँग असन्तुष्ट देखिएका हुन् ।

टिप्पणीहरू