५ दलीय गठबन्धनको निरन्तरता आगामी चुनावसम्म रहन्छ : माधव नेपाल

५ दलीय गठबन्धनको निरन्तरता आगामी चुनावसम्म रहन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँचदलीय गठबन्धन अर्को चुनावसम्म कायम रहने बताउनुभएको छ । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन आज सप्तरी पुग्नुभएका अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो ।

उहाँले राजविराज विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आगामी संघीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उम्मेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ ।’ उम्मेदवार व्यवस्थापनबारे पनि अनौपचारिक कुराकानी भइरहेको उहाँको भनाइ छ ।

अर्को प्रसंगमा उहाँले आफ्नो पार्टीको तर्फबाट क्याबिनेटमा रहेका मन्त्रीहरुको जिम्मेवारी परिवर्तन हुनेमा कुनै द्विविधा नरहेको पनि स्पष्ट पार्नुभएको छ ।

टिप्पणीहरू