बैंकिङ कसुरमा प्रायः महिलाको संलग्नता, फरार २ जना अधवैशें पक्राउ

बैंकिङ कसुरमा प्रायः महिलाको संलग्नता, फरार २ जना अधवैशें पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले बैंकिङ कसुरमा दुई जना महिलालाई पक्रेको छ । आफ्नो बैंक खातामा पर्याप्त रकम नभए पनि चेक दिएर बैंकिङ कसुर गरेका ती महिला आज समातिएका हुन् ।

उक्त आरोपमा पक्राउ परेकामा सुनसरी घर भई हाल नयाँबानेश्वर बस्ने ४२ वर्षीया कविता सुब्बा र सिन्धुपाल्चोक घर भई बानेश्वर बस्ने ३९ वर्षीया लिना श्रेष्ठ गिरी हुन् ।

सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार जाहेरवालालाई झुक्याएर बैंकिङ कसुरजन्य अपराध गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो । सुब्बालाई कालोपुल र गिरीलाई जोरपाटीको नयाँबस्तीबाट पक्राउ गरेको हो ।

सुब्बालाई उच्च अदालत पाटनले २०७६ फागुनमा १५ दिनको कैद सजाय र ५० लाख रुपैयाँ जरिवाना तथा गिरीलाई २०७६ माघमा १५ दिन कैद सजाय र ५४ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

पक्राउ परेका दुवै महिलालाई फैसला कार्यान्वयनको निम्ति आज जिल्ला अदालत काठमाडौंमा पेश गरिएको हो ।

टिप्पणीहरू