सिंहदरबारमा थमौती भएका मन्त्रीसहितलाई राखेर मन्त्रिपरिषद्को बैठक शुरु

सिंहदरबारमा थमौती भएका मन्त्रीसहितलाई राखेर मन्त्रिपरिषद्को बैठक शुरु

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्याबिनेट बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा अधिकांश मन्त्रीको उपस्थिति रहेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुुसाल, सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानीमन्त्री उमाकान्त चौधरी र वनमन्त्री रामसहायप्रसाद यादव बैठकमा भाग लिन पुग्नुभएको छ ।

त्यसैगरी बैठकमा भौतिक योजनामन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले,शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ,उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, मुख्यसचिव शंकरदास बैरागीलगायत झण्डै डेढ दर्जनको उपस्थिति रहेको छ ।

टिप्पणीहरू