प्रधानमन्त्रीको अमेरिका उड्ने तिथि सर्यो,सोमवार उताका जर्नेल आउने

प्रधानमन्त्रीको अमेरिका उड्ने तिथि सर्यो,सोमवार उताका जर्नेल आउने

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने अन्तिम तयारी शुरु भएको छ । उहाँ राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा जेठ २८ गते शनिवार वासिङ्गटनतर्फ प्रस्थान गर्ने सोच बनिरहेको बेला उताका जर्नेल चार्ल्स ए.फ्लिन त्यसअगाडि नै नेपाल आउन लागेकाले मिति घचेटिन लागेको छ ।

उहाँको भ्रमण कम्तिमा ५ दिनको हुने गरी योजना बनिरहेको छ । त्यसको पूर्व तयारीस्वरुप आउँदो सोमवार उताबाट प्यासिफिक कमाण्डका सेनापति नेपाल आउन लागेको बुझिएको छ । उहाँको बसाइ शनिबारसम्म हुनेछ ।

प्रधानमन्त्री अमेरिकाबाट फर्केपछि प्रधानसेनापति सिरिया,लेबनन हुँदै त्यसतर्फ जानु हुनेछ । प्रधानसेनापति असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकामा रहने कार्यक्रम बनेको छ ।

टिप्पणीहरू