भोटो देखाउने साइत निस्कियो,भोलि शनिवार अपरान्ह ४ बजे

भोटो देखाउने साइत निस्कियो,भोलि शनिवार अपरान्ह ४ बजे

यो वर्षको निम्ति भोलि रातो मच्छिन्द्रनाथ रथयात्राको अन्तिम दिन हुने भएको छ । गुठियारहरुले भोलि दिउँसो ४ बजे मच्छिन्द्रनाथको भोटो देखाउने साइत जुरेको बताएका छन् ।

एक महिनादेखि भइरहेको रातो मच्छिन्द्रनाथको रथयात्रा पुल्चोकबाट शहरका विभिन्न भाग हुँदै जावलाखेल पुगेको छ । अब भोलि भोटो देखाइने गुठी कार्यालय, ललितपुरले जनाएको छ ।

दिउँसो ४ बजे हुने उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पुग्नुहुनेछ । भोटो जात्राको दिन उच्चपदस्थ सरकारी अधिकारीहरु पनि जावलाखेल जाने चलन छ ।

यो दिन उपत्यकामा सार्वजनिक बिदा दिने चलन भए पनि भोलि शनिबार परेकाले छुट्टै सार्वजनिक बिदा दिनु नपर्ने भएको हो ।

रातो मच्छिन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो समयसम्म चल्ने मुख्य जात्रा हो ।

टिप्पणीहरू