श्रीमानहरु १३ जनाको टोली राजधानी फिर्ता

श्रीमानहरु १३ जनाको टोली राजधानी फिर्ता

सर्वोच्च अदालतका न्यायाधीशसहित १३ जनाको टोली नेपाली सेनाको हेलिकप्टरमा राजधानी फर्केको छ । हिजो न्यायाधीश हरिकृष्ण कार्कीसहितको टोली नेपालगञ्जबाट सेनाको हेलिकप्टरमा काठमाडौं आएको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र असोजदेखि कामु प्रधान न्यायाधीश हुने हरिकृष्ण रहनुभएको टोली गत सोमबार जुम्ला गएको थियो । जुम्लामा निर्मित उच्च अदालतको भवन उद्घाटननिम्ति उहाँहरु त्यहाँ जानुभएको हो ।
त्यसमध्ये न्यायाधीश हरिकृष्ण कार्की र अन्य १२ जना नेपाली सेनाको एन ए ०५८ अगुष्टा हेलिकप्टरमा नेपालगञ्जबाट हिजो बिहान साढे १० बजे काठमाडौं आउनुभयो ।

टिप्पणीहरू