जनता समाजवादी पार्टी

यता बन्यो नयाँ दल, अध्यक्ष मरुभूमिमा अलमल

अशोक राई नेतृत्वको नयाँ दल जनता समाजवादी पार्टीले मान्यता पाएको छ । हिजो वरिष्ठ नेता राईसहित सात जना सांसद र ३० जना केन्द्रीय सदस्यले जनता समाजवादी पार्टी नेपालबाट अलगिएर नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।  आज आयोगले उनीहरुको नयाँ पार्टीलाई मान्यता दिँदै दल दर्ताको प्रमाण पत्र उपलब्ध गराएको छ । पार्टीको दर्ता नम्बर १९८ कायम रहेको जनाइएको छ । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखी…