भाइरल

प्रहरीको यातनाले मर्न बाध्य भएको भिडियो भाइरल,सत्यता नभएको दाबी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ‘सहकारी ठग’ भन्दा प्रहरीले मर्न बाध्य बनाएको भन्दै अस्पतालको बेडबाट एक युवक बोलिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  नाकमा पाइप जोडिएकै अवस्थामा बनाइएको भिडियोले सामाजिक सञ्जालमा तहल्का पिटेको छ ।  नेपाल प्रहरीको साइबर ब्यूरोले यातना दिएर आफूलाई मर्नुपर्ने स्थितिमा पुर्याएको उनको आरोप छ । ती युवक हुन्,गणेशमान सिंह । जाजरकोटको साविक टालेगाउँ गाविस वडा नम्बर ७ घर भई हाल कीर्तिपुर बस्दै आ…