बुद्ध एअर

इञ्जिनमा समस्यापछि बुद्ध एअरको विमान आकस्मिक अवतरण

बुद्ध एअरको एउटा विमान आकस्मिक अवतरण गरिएको छ । आज बिहान पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा गएको बुद्धको विमानको दायाँ इञ्जिनमा समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बताइन्छ । माउन्टेन फ्लाइटमा उडेको केही समयमा नै विमानमा प्राविधिक समस्या देखिएको बुद्ध एअरले जनाएको छ । त्यसपछि डाइभर्ट गरेर सुरक्षित अवतरण गराइएको थियो । आज बिहान बुद्ध एअरले पाँच वटा माउन्टेन फ्लाइट राखेको थियो । मौसममा देखिएको खराबीका कारण चार वटा र विमानमा उत्पन्न खराबी…