डा.भट्टराई सवार बुद्धको विमान वीचैबाट काठमाडौं फिर्ता

डा.भट्टराई सवार बुद्धको विमान वीचैबाट काठमाडौं फिर्ता

पोखरा जानुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई प्रतिकूल मौसमका कारण काठमाडौं फर्कनुभएको छ । साँझ ५ बजे उडेको बुद्ध एअरको उडान नम्बर बीएचए ६५९ विमान प्रतिकूल मौसमका कारण फर्केको हो । 

विमान पोखरा नजिकै पुग्दा मौसम एक्कासी प्रतिकूल बनेको थियो । पोखरा विमानस्थलमा अवतरणको सम्भावना नरहेपछि विमानलाई काठमाडौं फर्काइएको हो । 

दिउँसोको उक्त उडान मौसम परिवर्तनपछि सुचारु भएको बताइन्छ । पोखराको आकाशमाथि पुगेर फर्केको बुद्धको विमान काठमाडौंमा साँझ साढे ६ बजे अवतरण गरेको थियो ।
 

टिप्पणीहरू