रोक

डाबर कम्पनीको आयुर्वेदिक औषधी बजारबाट फिर्ता गर्न निर्देशन

भारतको डाबर इन्डिया लिमिटेडले उत्पादन गरेका आयुर्वेदिक औषधीहरु बिक्रि वितरणमा रोक लगाइएको छ ।  औषधी व्यवस्था विभागले गोर्खा आयुर्वेद कम्पनी र डाबर इन्डियाले उत्पादन गरेको आयुर्वेदिक औषधीको बिक्रीवितरण रोक्का गरी बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो । यी कम्पनीका उत्पादन पुनर्नवादी मण्डूर र मकरध्वज वटी नामका औषधी न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ ।  ‘विभागबाट बजार अनुगमनको क्रममा संलन गरिएका आयुर्वेदिक औषधीहरुका नमुना परीक्षा गर्दा उत्पादकहरुबाट …