डाबर कम्पनीको आयुर्वेदिक औषधी बजारबाट फिर्ता गर्न निर्देशन

डाबर कम्पनीको आयुर्वेदिक औषधी बजारबाट फिर्ता गर्न निर्देशन

भारतको डाबर इन्डिया लिमिटेडले उत्पादन गरेका आयुर्वेदिक औषधीहरु बिक्रि वितरणमा रोक लगाइएको छ । 

औषधी व्यवस्था विभागले गोर्खा आयुर्वेद कम्पनी र डाबर इन्डियाले उत्पादन गरेको आयुर्वेदिक औषधीको बिक्रीवितरण रोक्का गरी बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो । यी कम्पनीका उत्पादन पुनर्नवादी मण्डूर र मकरध्वज वटी नामका औषधी न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । 

‘विभागबाट बजार अनुगमनको क्रममा संलन गरिएका आयुर्वेदिक औषधीहरुका नमुना परीक्षा गर्दा उत्पादकहरुबाट उत्पादित तपसिलको ब्याचनं.को आयुर्वेदिक औषधी न्यून गुणस्तर भएको पाइएको,’ विभागले जारी गरेको  सूचनामा उल्लेख छ । 

विभागले औषधी ऐन, २०३५ को दफा १४ बमोजिम ती औषधीको बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित कम्पनी र तीनका प्रतिनिधिहरुलाई निर्देशन दिएको छ । 

साथै, उक्त औषधीको सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।
 

टिप्पणीहरू