प्रेम सिंह तामाङ गोले

शपथ ग्रहणपछि छिमेकका मुख्यमन्त्रीले गरे नेपालको चर्चा

सिक्किमका नवनियुक्त मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले नेपालसँगको सम्बन्ध बिस्तारलाई प्राथमिकताका साथ उठाएका छन् ।  दोस्रो कार्यकालका लागि आज मुख्यमन्त्रीको सपथ लिएलगत्तै उनले सिक्किम-नेपाल सम्बन्ध विस्तारका लागि थप पहल गर्ने घोषणा गरेका हुन् । नेपाल छिर्ने चिवा भञ्ज्याङ् सीमा सुचारु गराउन सिक्किमतर्फको सडक निर्माण लगायतमा कामहरु बाँकी रहेको जनाउँदै उनले त्यसलाई पूर्णता दिने बताए । गान्तोकको पालजोर स्टेडियममा विशेष समारोह बिच गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्…