मन्त्रिमण्डल विस्तार

गण्डकी सरकारमा दुई मन्त्री थपिए

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले आज एमालेबाट दुई जना मन्त्री नियुक्त गरेका हुन् ।  वेदबहादुर गुरुङलाई ऊर्जा र सीता सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथसमेत लिइसकेका छन् ।  मुख्यमन्त्री अधिकारीले यसअघि माओवादी केन्द्रबाट हरिबहादुर चुमानलाई अर्थ र स्वतन्त्र सांसद दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री नियुक्त गरेका थिए…