शिष्टाचार भेट

जापानी विदेशमन्त्री शीतल निवासमा

जापानी विदेशमन्त्री कामिकावा योकोले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ भेटवार्ता भएको हो ।  भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वाससिलो विकास साझेदारको रुपमा रहेको बताउनुभएको छ ।  उहाँले नेपाल र…