राष्ट्रिय चरा डाँफे

राजधानी नजिकै उड्न थाल्यो डाँफे

राजधानीबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे उडेको देखिएको छ । तस्बिरमा देखिएको डाँफे जोडी दोलखाको डाँङडुँगे डाँडा भनिने लाकुँरीडाँडमा खिचिएको हो ।  काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिने स्थानमा डाँफे देखिएको छ । लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरको दूरीमा दोलखाको डाँङडुँगे डाँडा अवस्थित छ ।  समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाईमा रहेको यो क्षेत्रमा डाँफे पाइने सुनिएक…