बझाङ प्रदेश

बझाङमा दमनको निरन्तर अग्रता, कांग्रेस र माओवादीका उम्मेदवार पछ्याउँदै

बझाङ प्रदेशसभा १ को मतगणना जारी छ । छबिसपाथिभेरा गाउँपालिकाको सबै वडाको सकेर अहिले थलरा र खप्तड छान्नाको गणना भइरहेको छ । मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेका उम्मेदवारले फराकिलो अग्रता कायमै राखेका छन् । शुरुबाटै अग्रता लिएका एमाले उम्मेदवार दमनबहादुर भण्डारीले खप्तड छान्ना वडा नम्बर ३ को गणना भैसक्दा २ हजार ६३८ मत पाएका छन् ।   दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २ हजार २४ मत ल्याउँदा माओवादी केन्द्रका जनक बुढाले उनलाई पछ्…