उपेन्द्र यादव

जसपाको महिला संगठन उपेन्द्रसँगै

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, (जसपा) नेपालको भातृ संगठन समाजवादी महिला संघ संस्थापन खेमामै रहने भएको छ । संघले आज विज्ञप्ति जारी गर्दै विभाजित पक्षलाई समर्थन नगर्ने प्रष्ट पारेको हो ।  अध्यक्ष निर्मला यादवद्वारा जारी विज्ञप्तिमा पार्टी विभाजनको औचित्य र वैधानिकतामाथि समेत प्रश्न उठाईएको छ । संसद अधिवेशन आह्वान भैसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा पार्टी विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय कानुनसम्मत नरहेको संघको दाबी छ ।&nb…