डा. गोविन्द केसी

गोविन्द केसी आज पनि त्यहि गल्लीमा

चिकित्सा शिक्षा सुधारका अभियन्ता भनिने डा. गोविन्द केसी आज पनि माइतीघरको गल्लीमा उभिएका छन् । पछिल्लो तीन महिनादेखि माइतीघर मण्डलाको निषेधाज्ञा खोल्न माग गर्दै धर्ना दिइरहेका उनले आज पनि त्यहाँ पुगेर उक्त कार्यलाई निरन्तरता दिएका हुन् ।  मण्डलाबाट सेन्ट जेभियर्स स्कुल छिर्ने गल्लीमा धर्ना दिएकामा डा. केसी, विवेकशील साझा पार्टीका विजयबाबु शिवाकोटी र लक्ष्मण श्रेष्ठ छन् । उनीहरुले ‘स्वस्थ रहेर जीउन पाउने अधिकार ठूला भ्रष्ट नेताहरूलाई मात्र होइन सबै नेपालीलाई छ’,…