सुदूरमा संकट, कर्णाली

केन्द्रको किचलोले सुदूरमा संकट, कर्णालीमा कँडेललाई सकस

एमाले–माओवादी गठबन्धनमा रहेर केन्द्रमा दुई मन्त्री पाएको एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेससँग मिलेर सरकार बनाउन खोजेपछि धर्मराएको सत्ता समीकरण जेनतेन जोगियो । गठबन्धनकै अर्का दुई घटक एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा कर्णालीमा पनि त्यस्तै जोखिम देखिएको छ । प्रदेश सभाको अंकगणितका आधारमा एमाले–माओवादी गठबन्धनलाई सरकार बनाउन सुदूरपश्चिम सबैभन्दा कठिन र कर्णाली सहज थियो । तर, गठबन्धन दलबीच आपसी विश्वास र बलियो समझदारी काय…