आलोककुमार शाह 

जहाँ गुराँस रातो मात्र फुल्दैन

-आलोककुमार शाह  चुनु गुरुङको एउटा गीत छ– ‘तिम्रो निम्ति बरु यो ज्यान गए गैजाला तिमीसँग गहिरो माया बस्यो जलजला’ गायक कुलेन्द्र विश्वकर्माको पनि अर्को गीत छ– ‘माया बस्न एकैछिन काफी छ जलजला छहराले नबोलाउ, तिर्खाएको मन एतै अल्झेला’ अभिनेत्री रेखा थापाको झन् एउटा चलचित्रको नाम नै छ, ‘जलजला’ । कलाका विभिन्न आयामहरुमा प्रयोग भइरहने विम्ब, शब्द र भूगोल हो– जलजला । तर, यो कहाँ पर्छ ? यसको महत्व के हो ?…