प्रधानमन्त्री वसन्तपुरमा, सञ्चारमन्त्री सभागृहमा

प्रधानमन्त्री वसन्तपुरमा, सञ्चारमन्त्री सभागृहमा
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वसन्तपुर जाने कार्यक्रम तय भएको छ । उहाँले बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषा ऐन २०८० शुभारम्भ तथा भाषा दिवस २०८१ को उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । 

वसन्तपुरको नौतले दरबार अगाडिबाट विभिन्न समूहले र्याली निकालेका छन् । र्याली भित्री शहरका विभिन्न भागको परिक्रमापछि वसन्तपुरको जुद्ध वारुण यन्त्र अगाडि पुगेर आमसभामा परिणत भएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा गोरखापत्रको १२४ औं वार्षिकोत्सव र गोरखापत्र संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुनुभएको छ । कार्यक्रम राष्ट्रिय सभागृहमा भइरहेको छ ।

टिप्पणीहरू