बलात्कार अपराधमा हदम्याद खारेज गर्न कसले रोक्यो ?

बलात्कार अपराधमा हदम्याद खारेज गर्न कसले रोक्यो ?

आठ वर्षअघि सुन्दरी प्रतियोगिताका नाममा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले ठाडो उजुरी हालेर दोषी थुनाएको घटनाले अहिले चर्चा पाएको छ । ती युवतीले टिकटकमा २० वटा जति भिडियो क्लिप पोष्ट गर्दै प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी‘ को क्रममा बानेश्वरको एभरेष्ट होटलमा आयोजक संस्थाका मनोज पाण्डेले बलात्कार गरेको उल्लेख गरेकी थिइन् ।

लामो समयपछि सार्वजनिक भएको यो घटनालाई लिएर हदम्यादका कारण कानुनी जटिलता उत्पन्न भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । मुलुकी अपराध संहिता, २०७४ ले बलात्कारसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद तोकेको छ । नाबालिगको हकमा १८ वर्ष उमेर पुगेको एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने भनिएको छ । तर, हदम्यादका कारण उनले न्याय नपाउने आशंका गर्दै उक्त कानुनी व्यवस्था खारेजीको मागरसहित शुक्रबारदेखि राजधानीमा प्रदर्शन हुँदै आएका छन् ।

उक्त घटनालाई लिएर काँग्रेस महामन्त्री तथा सांसद गगन थापाले हदम्याद हटाउन शुक्रबार संसदमा कुरो उठाए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाबाट आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशनसमेत भएको छ ।

“बलात्कारका कारण १८ महिने बालिकाको मृत्यु भएको उल्लेख गर्दै उनले भनिन्,‘यसवारे कसैले केही बोलेको सुनिएको छैन । यस्ता धेरै बलात्कारका घटनाहरु दिनहुँ जसो नै आउने गरेका हुन्छन् । तर, यसकाविरुध्द कतै जुलुस र नाराबाजी भएको देखिएको छैन । एउटा चर्चित व्यक्तिमाथि भएको घटनामा मात्रै विरोध गर्ने चलन देखिनु दुःखको कुरा हो । सबैलाई प्रथामिकतामा राखेर आवाज उठाएको भए सायद यस्ता घटनाहरुमा कमी आउने थियो कि ?”

लगत्तै पीडितले सार्वजनिक गरेको भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ । वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वमा उक्त समिति बनेको हो । समितिले शुक्रवारबाटै अनुसन्धान थालेको बताइएको छ । अपराध अनुसन्धान महाशाखाको टोलीले आरोपी पाण्डेलाई शनिवार बेलुकी स्वयम्भूबाट नियन्त्रणमा लिएको छ ।

यता,गत बुधवार ती युवतीले आफूमाथि भएको यौनहिंसाका बारेमा मुख खोलेसँगै फेरि यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको छ । हिजो सामाजिक सञ्जाल फेसबुकमा एक युवतीले सात वर्षअघि प्रधानाध्यापकबाट दुई वर्षसम्म आफू बलात्कृत भएको बताएकी छन् । काठमाडौँकै एक विद्यालयका राज खड्का नामक प्रधानाध्यापकले आफूलाई ब्ल्याकमेल गर्दै दुई वर्षसम्म करणी गरेको ती युवतीको भनाइ छ ।

उनले एसईई दिएपछि मात्रै परिवारसँग यो घटनाबारे बताएको उल्लेख गरेकी छन् । प्रहरीमा उजुर गरेपनि आरोपीलाई अझै नियन्त्रणमा नलिइएको भन्दै उनले गुनासो पोखेकी हुन् । पछिल्लो घटनाले आफूमाथि भएको करणीबारे बोल्ने आँट आएको पीडित युवती बताउँछिन् । यसरी हेर्दा उनीहरु दुवै जनाको उजूरी दिने हदम्याद नाघिसकेको छ ।

“सुन्दरी प्रतियोगिता खारेज हुनुपर्नेमा जोड दिएकी उनले भनिन्,‘यो प्रतियोगिताबाट प्रष्ट हुन्छ । जो आफू नाङ्गै भएर शरीर प्रदर्शन गर्न सक्छ त्यहि व्यक्ति सुन्दरी ठहरिन्छे । होइन भने,गाउँका सोझासाझा महिला जसले मुखमा क्रिम पाउडर लगाउन जानेको हुँदैन,जो शरीर नङ्ग्याउन सक्दैन त्यो कहिले भएकी छे सुन्दरी ?”

यस्तै,बलात्कारसम्बन्धी कसूरमा हदम्याद नाघेका कारण आज मनोज पाण्डेविरुध्द पीडित युवतीले जिल्ला प्रहरी परिसर काठमाडौँमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसारको कसुरमा जाहेरी दिएकी छन् । तर, जिल्ला अदालतमा ती युवतीको बयान प्रमाणित गराएपछि मात्रै जाहेरी दर्ता गरिने प्रहरीले बताएको छ ।

हदम्यादबारे अधिकारकर्मी के भन्छन् ?

महिला अधिकारकर्मी सावित्री सुवेदीले बलात्कारजस्ता जघन्य अपराधमा कानुनी हदम्याद तोक्नु गलत भएको उल्लेख गरेकी छन् । समाज र पारिवारिक कारणले पीडितहरुले समयमै आफ्ना कुरा राख्न नसक्ने भन्दै उनले तत्काल हदम्याद खारेज गर्न माग गरेकी हुन् । राज्यको यस्तो कानुनी प्रावधानले बलात्कारी सहजै उम्किने उनको भनाइ छ ।

५० वर्षपछि पनि कुनै पीडित महिलाले आफूमाथि भएको अपराधबारे मुख खोल्छ भने त्यसलाई सहजै राज्यले स्वीकार गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्नुपर्नेमा सुवेदीको जोड छ ।

नेपाली समाजमा अपराधीहरुलाई काखी च्यापेर पीडितको आवाजलाई दबाउने काम हुने गरेको उनले उल्लेख गरिन् । सुवेदी भन्छिन्,‘आठ वर्षअघि सुन्दरी प्रतियोगिताको नाममा आफूलाई मनोज पाण्डेले छ महिनासम्म बलात्कार गरेको एक बहिनीले सार्वजनिक रुपमै भनेकी छन् । तर,राज्यले उनको बोलीको मजाक लिइरहेको छ । अपराधीलाई काखी च्यापेको छ,‘ उनले थपिन्, ‘जो कोही बलात्कारीमाथि उजूरी गर्ने हदम्याद राख्नु हुँदैन । यो जहिले पनि दर्ता हुनुपर्छ । ताकि उसले पछि अपराध गर्न नसकोस् ।’

यस्तै,रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले संसारकै सबैभन्दा ठूलो देश अमेरिकामा समेत हदम्याद नरहेको भन्दै बलात्कारजस्ता जघन्य अपराधमा हदम्याद हटाउनुपर्ने बताइन् । कानुनी हदम्यादकै कारण पीडितहरु न्याय पाउनबाट वञ्चित भएको उनको बुझाइ छ ।

‘एउटा महिला समाजकै कारण बलात्कारजस्ता कुरालाई लुकाएर बसेको हुन सक्छ । तर,भोलि त्यही महिलाले समाज र परिवारलाई छिचोल्दै आफूमाथि भएको हिँसा खोल्न सक्छ । तर,त्यसलाई कानुनले रोक्नु हुँदैन ।’ उनले भनिन्, ‘मेरो विचारमा यस्ता घटनाहरुमा हदम्याद उचित होइन ।’

बलात्कारका कारण १८ महिने बालिकाको मृत्यु भएको उल्लेख गर्दै उनले भनिन्,‘यसवारे कसैले केही बोलेको सुनिएको छैन । यस्ता धेरै बलात्कारका घटनाहरु दिनहुँ जसो नै आउने गरेका हुन्छन् । तर, यसकाविरुध्द कतै जुलुस र नाराबाजी भएको देखिएको छैन । एउटा चर्चित व्यक्तिमाथि भएको घटनामा मात्रै विरोध गर्ने चलन देखिनु दुःखको कुरा हो । सबैलाई प्रथामिकतामा राखेर आवाज उठाएको भए सायद यस्ता घटनाहरुमा कमी आउने थियो कि ?‘यता,अधिवक्ता राधिका खतिवडाले बलात्कारको केसमा हदम्याद आकर्षित हुने बताउँदै हदम्याद नाघेका घटनाहरुमा कानुनी जटिलता हुने बताइन् । उमेर समूहअनुसार सरकारले हदम्यादको बारेमा पुनरावलोकन गर्नुपर्ने उनले उल्लेख गरिन् ।

खतिवडाले भनिन्,‘बलात्कारजस्ता जघन्य अपराधमा हदम्याद हटाउने हो भने थप कानुनी अध्ययन आवश्यक छ । हदम्याद परिपक्व उमेरको सन्दर्भमाभन्दा पनि बालबालिकाको हकमा हटाउन आवश्यक हुन्छ । अन्यथा कसैले आर्थिक प्रलोभनमा पनि आरोप लगाउन सक्छन् । त्यही आरोपकै आधारमा वषौँपछि प्रमाण जुटाउन गाह्रो हुन सक्छ । तर, बालिकाको हकमा त्यो नहुन सक्छ ।‘

कसैले आफू पीडित भएको भन्दै वर्षौंपछि बोलेकै आधारमा मुद्दा दर्ता गर्न कानुनी रुपमा जटिल विषय भएको उनको भनाइ छ । हदम्याद हटाउन नहुने तर्क गर्दै उनले भनिन्, ‘यदि कसैले बलात्कार गरेकै हो भने पनि वर्षौंपछि कसरी त्यो प्रमाणित गर्ने ? त्यसको प्रमाण नै हुँदैन । तर,अन्य कसुरहरुमा टेकेर मुद्दा दर्ता गर्न भने सकिन्छ । ती युवतीको दाबीअनुसार महिला बेचबिखन र शरीर बन्धकसम्बन्धी कसूरमा उजूरी दर्ता गर्न मिल्छ ।‘

‘शरीर प्रदर्शन गरेर सुन्दरी हुँदैन’

महिला अधिकारकर्मी सावित्री सुवेदीले महिलाको शरीरलाई प्रदर्शन गरेर सुन्दरी प्रतियोगिताको नाममा अराजकता फैलाउने काम भइरहेको दाबी गरेकी छन् । उनले महिलाको अनुहारलाई मापन गर्दै पुरुषवादीहरुले आफ्नो उपभोग्य वस्तु ठान्ने गरेको उनको आरोप छ ।

सुन्दरी प्रतियोगिता खारेज हुनुपर्नेमा जोड दिएकी उनले भनिन्,‘यो प्रतियोगिताबाट प्रष्ट हुन्छ । जो आफू नाङ्गै भएर शरीर प्रदर्शन गर्न सक्छ त्यहि व्यक्ति सुन्दरी ठहरिन्छे । होइन भने,गाउँका सोझासाझा महिला जसले मुखमा क्रिम पाउडर लगाउन जानेको हुँदैन,जो शरीर नङ्ग्याउन सक्दैन त्यो कहिले भएकी छे सुन्दरी ?‘

‘क्षमताले कसैलाई शरीर प्रदर्शन गर्न लगाउँदैन ।’उनले भनिन्,‘के दुई चार महिलाबाहेक अरु सबै नराम्रा अनुहार भएका हुन्छन् त ? पक्कै त्यो हुन सक्दैन । सबै महिला आफैंमा सुन्दर र क्षमतावान हुन्छन् । एक पुरुषहरुले यो राम्रो,त्यो नराम्रो भनेर मूल्याङ्कन गर्न मिल्दैन । त्यसैले म यो प्रतियोगिताको विरोधी हुँ ।’

टिप्पणीहरू