सत्ता गठबन्धनले तालमेल अनुगमन कमिटी बनाउने, यी हुन् अरु निर्णय

सत्ता गठबन्धनले तालमेल अनुगमन कमिटी बनाउने, यी हुन् अरु निर्णय

सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा सिट भागबण्डा मिलाउन तालमेल अनुगमन कमिटी गठन गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा कमिटी गठन गर्ने निर्णय गरेको हो।

यसअघि बसेको गठबन्धन बैठकले चुनावी तालमेल गर्ने सैद्धान्तिक निर्णय गरेसँगै पालिकास्तरमा प्रारम्भिक छलफल भैसकेको र त्यसको अनुगमन गर्न आजको बैठकले समिति बनाएको हो । समितिमा पाँचै दलबाट दुई–दुई जना नेताहरु रहने बताइएको छ । संयन्त्रमा रहने अन्य नेताहरुको नाम भने दलहरुले सिफारिस गर्ने भएका छन्।

आजको बैठकले देशको बिग्रँदो अर्थतन्त्रबारे सरोकारवाला पक्षसँग अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि गरेको छ । देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसङ्ग एक वृहत् अन्तर्कृयाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने बैठकले निर्णय गरेको हो ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको बैठकले निष्कर्ष निकालेको छ ।

टिप्पणीहरू