वीरगञ्ज भन्सारमा काम फटाफट, राजश्व भटाभट

वीरगञ्ज भन्सारमा काम फटाफट, राजश्व भटाभट

मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वार्षिक लक्ष्यको १ सय ४ प्रतिशत राजश्व लक्ष्य हासिल गरेको छ ।

गत मंसिरदेखि नेपाल राष्ट्र बैंकको प्रतितपत्रसम्बन्धी नयाँ नियमसँगै आयातमा परेको चर्को दबाबका बाबजुद पनि उक्त लक्ष्य हासिल भएको बताइएको छ ।

स्रोतका अनुसार भन्सार गस्ति परिचालन,व्यापार सहजिकरण तथा चोरी पैठारी नियन्त्रणमा भन्सार कार्यालयको सक्रियताले राजश्व संकलनमा बृध्दि भएको हो ।

कार्यालयले हालसम्म ८३ दशमलव ७८ प्रतिशत मुद्दा पनि फछ्र्यौट भएको जनाएको छ । कार्यालयमा वर्षौंदेखि पेण्डिङमा रहेका ती फाइललाई तमाम गरिएको हो ।

कार्यालय प्रमुख आफैं गस्तिमा खटिने तथा सुराकी परिचालन गरेपछि अवैध भन्सार छलीका लाखौं मूल्य बराबरका सामाग्रीसमेत बरामद भएको कर्मचारीहरु बताउँछन् ।

यसअघि मुख्य समस्याको रुपमा रहेको बेरुजु फछ्र्यौट गर्न आठ सय ८४ वटा फर्महरुको एक्जिट कोड बन्द गरिएसँगै उक्त समस्या समाधानमा सहयोग पुगेको हो ।

टिप्पणीहरू