X3 मोटो फेस्ट आयोजना हुने

X3 मोटो फेस्ट आयोजना हुने

ह्वाइट ह्याट इभेन्ट्स एण्ड फोटोग्राफी नामक एक इभेन्ट म्यानेजमेन्ट कम्पनीले सम्पूर्ण नेपाली मोटरसाइकल पारखीहरूको लागि मोटरसाइकल लाइफस्टाइल इभेन्टहरू आयोजना गर्ने भएको छ ।

छायाँ सेन्टर, ठमेलमा आउँदो वैशाख २२ गतेदेखि वैशाख २५ गतेसम्म आयोजना हुने यस X3 मोटो फेस्टमा नेपालका विभिन्न प्रतिष्ठित टू व्हिलर ब्रान्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शनमा राख्नेछन् ।

असाधारण, रोमाञ्चक, अनुभवको स्वाद लिन चाहने पारखीहरुले यस इभेन्टमा रहेका विभिन्न ब्राण्डका स्टलहरुबाट आफूलाई मनपर्ने मोटरसाइकल खरिद वा बुकिङ्ग गर्न सक्नुहुनेछ । यसका साथै उक्त इभेन्टमा चर्चित नेपाली कलाकार सविन राई एन्ड द फारो, मुक्ति एन्ड रिभाइभल तथा अन्य आर्टिस्टद्धारा कन्सर्टलाई आ-आफ्नो संगीतको जादूमय वातावरणले भरपूर मनोरञ्जन गर्ने भएको छ ।

X3 मोटो फेस्टमा मोटरसाइकल सहित एक्सेसरीज, खाना र पेय पदार्थहरूको स्टलहरू पनि हुनेछन् । व्हाइट ह्याट इभेन्ट्स एण्ड फोटोग्राफीद्वारा पहिलो पटक आयोजना गर्न लागिएको यस इभेन्टलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सोच बनाएको इभेन्ट म्यानेजमेन्ट कम्पनीले जनाएको छ ।

यस इभेन्टमा सहभागी हुन इच्छुक सम्पूर्णहरुका लागि चाँडै नै विभिन्न प्लेटफर्महरू मार्फत टिकटहरू उपलब्ध गराइने भएको छ । हालको लागि X3 मोटो फेस्टको आधिकारिक सामाजिक मिडियाहरु जस्तै इन्स्टाग्राम (@x3motoest) र फेसबुक (X3 Motofest) मार्फत इभेन्ट सम्बन्धि विभिन्न जानकारीहरु कम्पनीले उपलब्ध गराइएको छ ।

 

टिप्पणीहरू