ग्लोबल आईएमई बैंकको नयाँ शाखा बलेवामा

ग्लोबल आईएमई बैंकको नयाँ शाखा बलेवामा

ग्लोबल आईएमई बैंकले बागलुङ नगरपालिकास्थित नारायणस्थानमा नयाँ शाखा खोलेको छ । विशेषगरी बलेवा क्षेत्रलाई लक्षित गरी खोलिएको शाखाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज उद्घाटन गर्नुभएको हो ।

ग्रामीण क्षेत्रका जनतालाई घरदैलोमा बैंकिग सेवा प्रदान गर्ने उद्देश्यले २८९ औं शाखा विस्तार गरिएको अध्यक्ष ढकालले सो अवसरमा बताउनुभयो । शाखामा एटिएम सेवा पनि स्थापना गरिएको छ ।ग्लोबल आईएमई बैंकले हालसम्म २८९ वटा शाखा, २५४ वटा एटिएम काउण्टर, २७४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ५० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र मुलुक बाहिर तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय खोलेको छ ।

टिप्पणीहरू