प्रभु लाइफले साधारण सभाबाट नयाँ नेतृत्व छान्यो

प्रभु लाइफले साधारण सभाबाट नयाँ नेतृत्व छान्यो

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभाले डा. आत्माराम घिमिरेलाई पुनः अध्यक्ष चुनेको छ । काठमाडौंमा आज भएको चौथो वार्षिक साधारण सभाले सञ्चालक समितिका अन्य सदस्यहरुको समेत चयन गरेको छ ।

छानिएका सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेशबहादुर मल्ल, अपूर्वप्रसाद जोशी, अनिलप्रसाद श्रेष्ठ र डा. विमला दाहाल रेग्मी हुन् । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनमा शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरुसमेत पारित गरेको छ ।

इन्स्योरेन्सले २०७४ मंसिर २८ गतेदेखि बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको हो ।

टिप्पणीहरू