सैन्य सम्झौतापछि शेयरको भाउ ह्वात्तै बढ्यो

सैन्य सम्झौतापछि शेयरको भाउ ह्वात्तै बढ्यो

भारतीय रक्षा उपकरण निर्माता– भारत डायनामिक्स लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

कम्पनीले भारतीय सेनासँग झण्डै ३ हजार १ सय ३२ करोड रुपैयाँको सम्झौता गरेपछि गत साताको अन्तमा भारत डाइनामिक्स (बीडीएल) को शेयर मुम्बई स्टक एक्सचेञ्जमा १० प्रतिशतले बढेको हो ।

उक्त कम्पनीको शेयर बढेर प्रति कित्ता ५ सय ३५ दशमलव ७० पैसाको नयाँ उचाइमा पुगेको हो ।

उक्त सम्झौता भारतीय सेनालाई कोंकर्स–एम प्रतिरक्षा क्षेप्यास्त्रको निर्माण र आपूर्ति प्रयोजनार्थ तीन वर्षको लागि गरिएको हो ।

टिप्पणीहरू